काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् ।
सोमबार आयोजित समाजवादी यात्राको चुनौती:भ्रष्टाचार र दण्डहीनता विषयक प्रवचन गोष्ठीमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताए । उनले अनुसन्धानले तथ्य र प्रमाणको आधारमा जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म पुगिने बताए।
गृहमन्त्री श्रेष्ठले भने, ‘पार्टीको मलाई कुनै तलब छैन, सरकारलाई कुनै मतलब छैन । सबै समान हुन् कि भ्रष्टाचारी हुन् कि भ्रष्टाचारी होइनन् । कि दोषी हुन् कि दोषी होइनन् ।’
उनले राजनीतिक नेताहरु, व्यवसायीहरु तथा कर्मचारीहरु दोषी देखिए, नियन्त्रणमा लिइए वा मुद्दा चलाइयो भने ती क्षेत्रबाट ‘यो त भएन नि’ भन्नै असन्तुष्टि व्यक्त हुने गरेको बताए।
गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा र गरिब अर्को कानुन, विपन्नलाई एउटा र सम्पन्नलाई अर्को कानुन आफूले नमान्ने बताए। सरकारले त्यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ।
Leave a Reply