Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले कोरोनासँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना छ । कोरोनाभाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ ।

    अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो मन्त्रिपरिषद् बैठककमा आन्तरिक हवाई उडानबारे सामान्य छलफल भएपनि निर्णय भएको थिएन ।



    आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन, विद्यालय सञ्चालन लगायतका विषयमा पनि छलफल हुनसक्ने एक मन्त्रीले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार