Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘सेरो सर्वेक्षण’बाट समुदायमा फैलिएको कोरोना पत्ता लगाइने

    ‘सेरो सर्वेक्षण’बाट समुदायमा फैलिएको कोरोना पत्ता लगाइने

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले कोरोना भाइरस समुदायस्तरमा फैलिएकोबारे तथ्य पत्ता लगाउन अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’गर्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोरोना भाइरसले देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए ।



    यसअघि महाशाखाले काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजार जनामा पीसीआर परीक्षण गरेको थियो । ‘सेरो सर्वेक्षण’ रगतबाट गरिने परीक्षण भएकाले सङ्क्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । सेरो सर्वेक्षणका लागि अन्तिम तयारी भइरहेको महाशाखाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार