काठमाडौं । सप्तरीमा आज बिहान भारी वर्षा मापन गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो ।
सो क्षेत्र भई बहने साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना छ ।
नदीतटीय र होचा स्थानमा रहने स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साउन ८ बिहान ७:३० बजे
सप्तरीको फत्तेपुर र आसपसको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव (Flash Flood) हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरुले सतर्कता अपनाऔँ। pic.twitter.com/MKeHGN2dxW— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 24, 2023
Leave a Reply