काठमाडौं । महिला विश्वकप फुटबलमा सोमबार पनि तिन खेल हुनेछन् ।
समुह ‘‘एफ’ को खेलमा ब्राजिल र पानामा भिड्दा समुह ‘जि’ मा अर्जेन्टिना र इटाली तथा समुह ‘एच’ मा जर्मनी र मोरक्क्कोबिच खेल हुनेछ ।
प्रतियोगितामा स्वीडेन र नेदरल्याण्डसले विजयी सुरुवात गरेका छन् । आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई २–१ ले हराउँदै स्वीडेनले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
आइतबार भएको अर्को खेलमा नेदरल्याण्ड्सले पोर्चुगललाई १–० ले हराउँदा जमैकाले फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ ।
Leave a Reply