Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

    माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माछापुच्छ्रे बैंक ‘नेसनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२’ बाट सम्मानित भएको छ ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष सो अवार्ड प्रदान गर्दै आएको छ । बैंकले बैंकिङ क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो ।



    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएको छ ।



    बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार