Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपालबाट चिनियाँ नेताको भर्चुअल संवाद

    इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपालबाट चिनियाँ नेताको भर्चुअल संवाद

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 606
    SHARES

    काठमाडौं । दुई दिने इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनसँग अनलाइन भिडिओ वार्ता गरेका छन् ।

    शनिबार इटाली पुगेका प्रधानमन्त्री प्रचण्ड र नेपालको तीन दिने भ्रमणमा आइतबार काठमाडौं आइपुगेका च्युनबीच जुममार्फत छलफल भएको हो।



    आधा घण्टा चलेको उक्त वार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी छ।



    च्युन नेतृत्वको प्रतिनिधिमण्डलले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्दैछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार