Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सभापति देउवालाई खेलकुदमन्त्री लिम्बुको आग्रह – शेखर कोइरालालाई वरिष्ठ नेता बनाऔँ

    सभापति देउवालाई खेलकुदमन्त्री लिम्बुको आग्रह – शेखर कोइरालालाई वरिष्ठ नेता बनाऔँ

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ ।

    युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता कोइरालालाई वरिष्ठ नेता बनाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।



    पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउनु पर्ने बताए ।



    लिम्बुले भने,‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले कोइरालाले किन प्राप्त नगर्ने ?’

    यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

    पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार