Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • वित्तीय संस्थाको ‘शोषण’ अन्त्य गर्नुपर्ने माग गर्दै पीडितद्वारा सिंहदरबार घेराउ

    वित्तीय संस्थाको ‘शोषण’ अन्त्य गर्नुपर्ने माग गर्दै पीडितद्वारा सिंहदरबार घेराउ

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 711
    SHARES

    काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट पीडित बनेका व्यक्तिहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    देशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा काठमाडौं आएका उनीहरूले लघुवित्त वित्तीय संस्थाको ‘शोषण’ अन्त्य गर्नुपर्ने माग गर्दै सिंहदरबार घेराउ गरेको छन् ।



    उनीहरूले लघुवित्त वित्तीय संस्था र नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डलाबाट जुलुस सहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए।



    उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार