Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विनोद चौधरीले भने – नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम लगाऔं

    विनोद चौधरीले भने – नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम लगाऔं

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 621
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने बताएका छन् ।

    केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका हुन् । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति आफूले भोगेको चौधरीले सुनाए ।



    चौधरीले भने, ‘एक ठाउँमा उभिएर कसरी सघाउलान् भनेको त कसरी सिध्याउने भन्नेमा लागेको अनुभूति मैले गरेँ । आफ्नो पार्टीको उम्मेदवार हराउने मात्र होइन विरोधीलाई कसरी जिताउने भनेर लागेका प्रत्यक्ष प्रमाणहरू छन् । ती सबै प्रमाण अनुशासन समितिलाई बुझाइएको छ ।’



    चौधरीले यो प्रवृत्तिले पार्टी–पार्टीका रुपमाख नरहन नसक्ने बताए । साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा वित्तीय अवस्था पुगेको चौधरीले बताए ।

    अहिले पनि राजश्व उठ्ने क्रम र साधारण तथा विकास खर्चको आपसी तालमेलमा ल्याउनुपर्ने उनको भनाइ छ । चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार