काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोली आज नेपाल आउँदै छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज नेपाल आउन लागेको हो ।
युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आउन लागेको हो । नेपालमा रहँदा युयानको टोलीले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने छन् ।
सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो । यसैबीच शनिबार एयर चाइनाको उडानबाट ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरु काठमाडौं आइपुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
Leave a Reply