सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने दाबी गरेका छन् ।
शनिवार सुनसरीको इनरुवामा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् । उनले पार्टीभित्रको मतभेद र आपसी मनोमालिन्य हटाउन सके अब हुने आम निर्वाचनमा बहुमत ल्याउन कठिन नहुने बताए ।
‘पार्टी भित्र सानातिना मतभेद हुन्छन् । हाम्रोमा पनि छ, अरू पार्टीमा पनि छ । तर कांग्रेसले आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्न सके फेरि बहुमत ल्याउन सक्छ’ उनले भने ।
देशमा स्थायी शान्तिलाई अझ मजबुत बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उनको भनाइ थियो ।
Leave a Reply