Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुन प्रकरणमा एमाले महासचिव पोखरेलको प्रश्न – एअरपोर्टको सुरक्षा निकाय कस्को संरक्षणमा छ ?

    सुन प्रकरणमा एमाले महासचिव पोखरेलको प्रश्न – एअरपोर्टको सुरक्षा निकाय कस्को संरक्षणमा छ ?

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 846
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।

    सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले समाजिक संञ्जालमा लेख्दै सत्तामा भएकाहरूसँग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिएको भन्दै प्रश्न गरेका हुन् ।



    हासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ?’ भन्ने जवाफ दिनु पर्नेमा जोड गरेका छन् ।



    उनले नेपालमा चल्ने अधिकांस मोटरसाइकल र स्कुटर भारतीय हुदाँ हुदैँ चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शंकाको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न पनि गरेका छन् ।

    उनले सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरूबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा भइरहेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार