एजेन्सी । अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् ।
सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि पहिलो महिला हुनेछिन् ।
फ्रैंचेटी १९८५ मा कमिसन भएकी थिइन । उनी हाल नौसेना अपरेसनका उपप्रमुखको रूपमा कार्यरत छिन् ।
Leave a Reply