Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ललिता निवास प्रकरणमा सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    ललिता निवास प्रकरणमा सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 867
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चले अस्वीकार गरेको छ ।

    न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।



    सञ्चार मन्त्रालयका कृष्णबहादुर राउतलाई भने रिहा गर्न आदेश दिएको छ । राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गनुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ ।



    उनलाई अनुसन्धान सम्पन्न नभएसमम नेपाल बाहिर जान नपाउने गरी मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको हो ।

    हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै असार १३ गते ललिता निवास प्रकरणका आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सर्वोच्च अदालत गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार