Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • काठमाडौंको फोहोर फालिँदै आएको सिसडोलमा स्थानीय र प्रहरीबीच झडप

    काठमाडौंको फोहोर फालिँदै आएको सिसडोलमा स्थानीय र प्रहरीबीच झडप

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 717
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर पाँलिदै आएको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

    शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।



    फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौंमा फोहोर लोड भएका गाडी लिएर नेपाल प्रहरीले स्कर्टिङमा लगेको थियो । स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका गाडी अगाडि बढ्न सकेका छैनन् ।



    यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको भन्दै ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका स्थानीयले संयुक्तरुपमा ५ दिनदेखि आन्दोलन जारी राखेका छन् ।

    बन्चरेडाँडामा दैनिक १ सय ८० ट्रकमार्फत फोहोर फाल्ने गरिएको छ । काठमाडौं महानरपालिकासहित १७ वटा स्थानीय तहबाट निस्केका १०–१२ टन फोहोर दैनिकरुपमा बन्चरेडाँडामा फालिँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार