Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 699
    SHARES

    सांकेतिक तस्विर

    दैलेख । दैलेखमा सिंचाई गर्न निर्माण गरिएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका–३ पानी खोला गाउँ बस्ने बमबहादुर खप्तडीकी छोरी ५ वर्षीया सपना खप्तडी र सोही ठाउँकी लिला खप्तडीकी छोरी ८ वर्षीया बिपना रहेका छन् ।



    बिहीबार साँझ ६ बजेतिर घरदेखि झण्डै ५० मिटर टाढा रहेको सिंचाई पानी पोखरी नजिकै खेल्ने क्रममा दुबै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



    प्रहरीका अनुसार उनीहरुको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार