Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अमेरिकाको दाबी – युक्रेनले रुसविरुद्धको लडाइमा अमेरिकी ‘क्लष्टर बम’ प्रयोग गर्‍यो

    अमेरिकाको दाबी – युक्रेनले रुसविरुद्धको लडाइमा अमेरिकी ‘क्लष्टर बम’ प्रयोग गर्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरेको अमेरिकाले दाबी गरेको छ ।

    आफ्नो देशले सहायता स्वरुप दिएको क्लष्टर बमहरुको युक्रेनले सही तरिकाले सफलतापूर्वक प्रयोग गरिरहहेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।



    अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘क्लष्टर बम’ प्रयोगको प्रारम्भिक परिणामहरुले युक्रेनलाई निकै आशावादी बनाएको बताए ।



    क्लस्टर बमले एकै पटक धेरै बमहरू छर्ने गर्दछ । युद्धमा सामेल नभएका गैरसैनिक नागरिकलाई समेत निशाना बनाउने यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार