Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले किन राखे गोप्य ?

    संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले किन राखे गोप्य ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 957
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा सचिव रामकृष्ण सुवेदीले ऐनको मस्यौदा गोप्य रूपमा अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गरेका हुन् ।

    सो मस्यौदालाई मन्त्रिपरिषद्ले स्वीकृत गरी विधेयक समितिले अध्ययन गरिरहेको छ । तर, मस्यौदाको विषयमा मन्त्रालयका उच्च अधिकारीलाई जानकारी छैन । विधेयक समितिले पारित गरेपछि मन्त्रालयले सभामुखको कार्यालयमा दर्ता गराएपछि उक्त विधेयक संसदमा पेस हुनेछ ।



    कानुनमन्त्री ५ सदस्यीय विधेयक समितिको अध्यक्ष हुने व्यवस्था छ भने अर्थ, शिक्षा, संघीय मामिला मन्त्रालयका सचिवलगायत सदस्य रहने व्यवस्था छ । प्रतिनिधि र राष्ट्रिय सभाले पनि पारित गरेपछि उक्त विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल ऐन जारी हुने कानुनी व्यवस्था छ ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री राईले हरेक सार्वजनिक समारोहमा चालु अधिवेशनमा शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । आठ वर्षदेखि चर्चा चलेको शिक्षा ऐन ल्याउने विषय साँचो हो वा होइन भन्ने विषयमा मन्त्रालयको अधिकारी नै बेखबर छन् ।

    ऐनको मस्यौदाबारे मन्त्री राईले सुटुक्क छलफल चलाइराख्नु भएको छ । दर्जनांैपटक सरोकारवालासँग छलफल गरी तयार भएको मस्यौदालाई खासै हेरफेर गर्न नपर्ने बताउनु भए पनि मन्त्रीले आफू निकट र पार्टी निकटसँग सुझाव लिएर मस्यौदा तयार गर्नुभएको हो । सरकारले यसअघि नेपाल विश्वविद्यालय ऐनलाई ल्याएजस्तै संघीय शिक्षा ऐनलाई तत्काल पारित गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार