Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बाबुराम भन्छन् – भ्रष्टाचाररुपी क्यान्सरको उपचार अलौकिक महापुरुष वा झारफूकबाट हुँदैन

    बाबुराम भन्छन् – भ्रष्टाचाररुपी क्यान्सरको उपचार अलौकिक महापुरुष वा झारफूकबाट हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 654
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय केजी सुन तस्करी भएको घटना समान्य नभएको बताएका छन् ।

    बिहीबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले देशमा भ्रष्टाचारको स्थिति भयावह देखिएको उल्लेख गरेका हुन् ।



    उनले भ्रष्टाचाररुपी क्यान्सको उपचार कुनै अलौकिक महापुरुषको अवतार वा परम्परागत झारफूकबाट नहुने भन्दै निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताए ।



    उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जॉचबुझका घेरा नाघेर सय किलो  (रू. ८४ करोड ?) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन । यो पहिलो र अन्तिम पनि हैन ! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ ।

    वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ। अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अळौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति/प्रशासन/सुरक्षासंयन्त्र/न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं ! नत्र श्री पशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्ने छैनन् !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार