Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुन तस्करी प्रकरण : विमानस्थल प्रहरी पनि अनुसन्धानको दायरामा

    सुन तस्करी प्रकरण : विमानस्थल प्रहरी पनि अनुसन्धानको दायरामा

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन जाँचपास गराइएपछि विमानस्थल प्रहरी पनि छानबिनको दायरामा तानिएको छ ।

    बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेसँगै विभागले विमानस्थल प्रहरीमाथि पनि अनुसन्धानको सुई प्रहरी तर्फ घुमाएको हो।



    जहाजमार्फत सुन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिनुको कारण पत्ता लगाउन भन्सार विभागले आज मात्रै ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।



    उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    पौडेलको संयोजकत्वमा गठित समितिलाई विमानस्थल भन्सारबाट एक क्विन्टल सुन बाहिरिएको बारे पूरै छानबिन गर्न विभागले पाँच दिने समय दिएको छ। विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सय किलो सुन भित्रिएपछि प्रहरी पनि अनुसन्धानमा तानिएको हो ।

    छानबिन टोलीले गोदाममा थप सामान भए–नभएको, भन्सार प्रक्रियाको त्रुटि, जाँचपासमा खटिएका कर्मचारीले मालवस्तुको एक्सरे परीक्षण गरे-नगरेको, त्यसमा खटिएका कर्मचारी, मालवस्तुको भन्सार मूल्यांकन गर्ने कर्मचारी, पास गर्ने अन्तिम निर्णय गर्ने अधिकारी तथा सिसिटिभी फुटेज इत्यादिको अध्ययन गर्नेछ।

    मोटरसाइकल-स्कुटरको ब्रेक शु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याइएको सुन विमानस्थलस्थित सिनामंगल भन्सार कार्यालयबाहिर ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार