काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान भेटवार्ता भएको हो ।
उक्त भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
कतार नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्येमा रहँदै आएकोले भेटलाई महत्वपूर्ण मानिएको छ ।
Leave a Reply