काठमाडौं । सरकारले सिंहदरबारभित्र काम गर्ने सफाइ कर्मचारीहरुको कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उक्त टोलीले विदेशबाट आएका, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि चिकित्सकको सल्लाह बमोजिम कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।
Leave a Reply