काठमाडौं । जी–२० मुलुकका अर्थमन्त्रीहरूको भेलामा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशशरण महत बुधबार नेपाल फर्किएका छन् ।
भारतको गुजरातमा भएको जी-२० फाइनान्स ट्रयाक बैठकमा विश्व बैक, एडिबी लगायत संस्थाहरुको पनि रहभागिता रहेको थियो ।
सोमबार र मंगलबार दुई दिनसम्म चलेको छलफलमा कम विकसित देशहरुले भोगिरहेको समस्या, व्यापार, लगानी लगायतका विषयमा छलफल भएको उनले बताए । जलवायु परिवर्तन, डिजिटल माध्यमबाट हुने टान्जेक्सन र करका विषयमा पनि छलफल भएको छ ।
जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाएको, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भएकाले भ्रमण धेरै महत्वपूर्ण र उपलब्धीमूलक भएको बताए ।
Leave a Reply