Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ललिता निवास प्रकरण

    सुनुवाइ नसकिएपछि बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा

    सुनुवाइ नसकिएपछि बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 732
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

    सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी विहीबारका लागि पेशी तोकिएको हो ।



    यसअघि मंगलबार र बुधबार बहस हुँदाहुदै समय सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।  न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको सुनुवाइ भइरहेको हो।



    ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्चमा बन्दीको रिट निवेदन दायर भएको छ ।

    सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ। विना कारण थुनेको भन्दै पक्राउ परेकाहरूले असार १३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।

    सोही प्रकरणमा मुछिएका तर सर्वोच्चबाट स्टेअडर लिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गराएर छाडिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार