Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

    प्रधानमन्त्री प्रचण्डद्धारा बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 576
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् ।

    गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गरेका हुन् ।



    आयोजनाबाट बिजुली निकाल्न सिरुङटारमा ८० मिटर अग्लो ड्याम बन्ने बताईएको छ । उक्त ड्याम ६३ किलोमिटर क्षेत्रफलमा फैलिने छ । यस्तै ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ ।



    सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ । बुढी गण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको हो ।

    कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढी गण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ । सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार