Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचार नियन्त्रणमा निर्दोष फस्दैन दोषी उम्कँदैन

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचार नियन्त्रणमा निर्दोष फस्दैन दोषी उम्कँदैन

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा निर्दोष नफस्ने बताएका छन् ।

    नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरि कारवाही प्रक्रिया अघि बढाइएको बताए।



    उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै निर्दोष नफस्ने र दोषी नछुट्ने गरि केहि ऐन र नियमावलीमा सुधार गर्ने बताए।

    प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार