Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • ठूला पूर्वाधारमा विदेशी लगानी आए मात्र देश र जनताको अवस्था फेरिन्छ : प्रधानमन्त्री प्रचण्ड

    ठूला पूर्वाधारमा विदेशी लगानी आए मात्र देश र जनताको अवस्था फेरिन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 669
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् ।

    बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले विकासका लागि सरकारसँग स्रोत कम भएकाले निजी क्षेत्रको लगानी आवश्यक देखिएको भन्दै ठूला पूर्वाधारमा विदेशी लगानी आउन सके देश र जनताको अवस्था फेरिने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्तरिक राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस् । विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउनेछ, देशको मुहार फेरिनेछ, सबै नागरिकको मुहारमा हाँसो आउनेछ ।’

    साथै उनले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताए । सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेको उल्लेख गर्दै सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार