Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

    प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 606
    SHARES

    काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इटाली भ्रमणलाई स्वीकृत गरेको छ ।

    बुधबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले बताईन् ।



    प्रवक्ता शर्माले भनिन्, ‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टप टेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ।’



    यो प्रतिनिधि मण्डलमा कृषि मन्त्री पनि सहभागी हुनेछन् । एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड साउन ६ गते प्रस्थान गरेर ११ गते फर्कने कार्यतालिका छ ।

    इटालीमा आयोजना हुने युनाइटेड नेशन फुट सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ । यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा।रविन मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ । डा.मल्ल सोही अस्पतालमा कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार