Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो, रास्वपालाई मजाले गाली गर्नु होला : रवि लामिछाने

    गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो, रास्वपालाई मजाले गाली गर्नु होला : रवि लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 651
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् ।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति लामिछानेले यस्तो आरोप लागएका हुन् । उनले रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न आग्रह गरे ।



    आफूहरू संसदीय अभ्यासमा नयाँ रहेको भन्दै केही कमजोरी हुनसक्ने तर त्यसैलाई मुख्य विषय बनाएर गम्भीर विषयलाई विषयान्तर गर्न नहुनेमा उनको जोड छ ।



    “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पढ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवादतिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन । कयौंले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौंला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त,” रवि सामाजिक सञ्जाल फेसबुकमा उल्लखे गरेका छन् ।

    उनले नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुँदैछ भन्दै प्रश्न गरे । उनले लेखेका छन्, ”खोइ यथेष्ट समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्ता ? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि । हैट…”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार