Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेसले ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने

    कांग्रेसले ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता विस्तार अभियान चलाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

    मंगलबारदेखि सुरू भएको कांग्रे केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र ५ देखि ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका हुन्।



    उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरे।



    महामन्त्री थापाले भने,‘क्रियाशील सदस्यताको वितरण वर्षभरि नै गर्नेगरी यसका लागि जिल्ला कार्यसमितिलाई फारम पठाइसकिएको छ। अब इच्छु्क साथीहरूले प्रक्रिया पुरा गरेर पार्टीको क्रियाशील सदस्यता लिन सक्नुहुने छ। कांग्रेसको क्रियाशील सदस्ता वितरण अनलाइनमार्फत् गर्ने कुरालाई हामीले सुरू गर्‍यौं। समाजको विविधता झल्कनेगरी यो वर्षको साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घरघर जाऊँ पार्टी सदस्य बनाऊँ भन्ने अभियान चलाउन अन्तर्गत राष्ट्रिय अभियान सुरू हुने छ । ५ लाखदेखि ७ लाख सदस्यता बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिने छ।’

    त्यस्तै,महामन्त्री थापालेथप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको छ ।

    साथै हरेक ६र६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्ने छ। केन्द्रीय समिति बैठक अहिले जारी छ। आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन्। केन्द्रीय समितिको बैठक करिब एक साता चल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार