Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माद्वारा एजेण्डा प्रस्तुत

    कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माद्वारा एजेण्डा प्रस्तुत

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेण्डा पेस गरेका छन् ।

    पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले एजेण्डा प्रस्तुत गरेका हुन् । कांग्रेस बैठकमा १० वटा एजेण्डामा केन्द्रित छलफल हुनेछ ।



    जसमा समसामयिक राजनीतिक प्रतिवेदन, सांगठानिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिले गरेका निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश, नीति अधिवेशनको प्रक्रिया र विभाग गठनसम्बन्धी हेरफेर छन् ।



    त्यसैगरी जनसमुदायबीच पुग्न राष्ट्रव्यापी अभियानबारेको प्रस्ताव, अनुशासन समिति प्रतिवेदन, कांग्रेसको संसदमा प्रस्तुती र सरकारले गरेको गतिविधि बैठकका एजेण्डा छन् ।

    महामन्त्री शर्माले बैठकका एजेण्डा पेश गरेपछि अर्का महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदनमा भएका विषयबारे राखेका छन् । जसमा एक वर्षमा भए गरेका कामकारवाही र आगामी दिनमा गर्नुपर्ने कामहरुबारे छन् ।

    कांग्रेसले आगामी एक वर्ष गर्ने कार्यतालिका लगायत समेटिएको महामन्त्री थापाले बताएका छन् । कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार