Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा

    बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायत सहभागी छन् ।



    यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।



    राजनीतिक दलका नेता, मन्त्री, सांसद र सरकारी अधिकारीहरू श्रद्धाञ्जली सभामा उपस्थित छन् । प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको थियो । सातौं दिनको दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार