Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • कांग्रेसभित्र महामन्थन कि अझै तदर्थवाद ?

    कांग्रेसभित्र महामन्थन कि अझै तदर्थवाद ?

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 474
    SHARES

    काठमाडौं । संघीय सरकारको सबैभन्दा ठुलो घटक तथा सातै प्रदेश सरकारमा सहभागी र तीन सयभन्दा बढी स्थानीय निकायको नेतृत्व गरिरहेको मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ ।

    गएको एक वर्षदेखि बस्न नसकेर बडो मुस्किलले हुन लागेको सो बैठकले नेपाली कांग्रेसभित्र विचारको महामन्थन भएर कांग्रेसको भविष्यको दिशा र दशा निर्धारण गर्ने आशा गरिएको छ ।



    नेपाली राजनीतिक दलहरूमा ‘संस्थापन’ र ‘संस्थापन इत्तर’ भनेर कित्ता छुट्याउने प्रचलन रहिआएको छ । संस्थापन भन्नाले सामान्यतया नेतृत्वदायी भूमिकामा रहेको समूहलाई बुझाउँछ । कुनै पनि दलको सभापति, अध्यक्ष, महामन्त्री वा महासचिव भन्नेबित्तिकै स्वतः संस्थापन पक्षधर भनेर मानिन्छ ।



    तर, नेपाली कांग्रेसमा विगत केही समयदेखि सभापति र उनको वरपरको समूह र समर्थकलाई संस्थापन पक्ष र महामन्त्रीद्वयका साथै अन्य केहीलाई संस्थापनइतर भनेर सम्बोधन गर्न थालिएको छ ।

    संस्थापनइतरका सबैभन्दा मुखर आवाजका रूपमा महामन्त्री गगन थापा देखिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार