Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै प्रदर्शन

    गौर हत्याकाण्डको फाइल खोल्न माग गर्दै प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 804
    SHARES

    काठमाडौं । गौर हत्याकाण्डको छानबिनको माग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज रौतहटको गौरमा प्रदर्शन गरेको छ।

    १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो । सो हत्याकाण्डका दोषीलाई तत्काल कारबाहीको माग गर्दै आजपाका विभिन्न जनवर्गीय संगठनको अगुवाईमा गौर हत्याकाण्ड पीडित संघर्ष समितिले प्रदर्शन भएको हो ।



    प्रदर्शनकारीहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषीलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’ ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’,लगायतका नारा लगाएका थिए ।



    उनीहरुले उक्त हत्या काण्डको फाइल खोल्न र कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । प्रभु साहले पछिल्लो समय गौर हत्याणडको दोषीमाथि सरकारले कारबाही गर्नुपर्ने आवाज उठाउँदै आईरहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार