Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्रीबारे गलत प्रचार गरेको आरोपमा बुटवलबाट शेरबहादुर राना पक्राउ

    प्रधानमन्त्रीबारे गलत प्रचार गरेको आरोपमा बुटवलबाट शेरबहादुर राना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 744
    SHARES

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर रहेका छन् ।



    मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेका थिए ।



    केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट रानालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    मगरले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार