Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतीयको ज्यादतीले सिमा नाघ्यो, सशस्त्र प्रहरीमाथि पनि आक्रमण

    भारतीयको ज्यादतीले सिमा नाघ्यो, सशस्त्र प्रहरीमाथि पनि आक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतीयहरुले नेपाल र नेपालीमाथि ज्यादती गर्दै आएको नौलो होइन । तर, पछिल्लो समयमा भारतीयहरुको ज्यादती बढ्दै गएको छ । नेपाली नागरिकहरुमाथि ज्यादती गर्दै आएका भारतीयहरुले नेपालका सुरक्षाकर्मीमाथि पनि आक्रमणको प्रयास गरेका छन् ।

    झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा घरेलु हतियारसहित आएको भारतीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो ।



    गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो ।



    उक्त समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सीमा स्तम्भ १५२ नजिकै घटना भएको घटनामा भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।

    समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको बताइएको छ ।

    नेपालतर्फ सामान तस्करी गर्ने तस्करको समूह योजनावद्ध रुपमा आक्रमण गरेको सशस्त्र प्रहरीको बुझाई छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै भएको र भगवान राम पनि नेपालै भएको अभिव्यक्ति दिएपछि भारतीयहरुले नेपाल भारत सीमाक्षेत्रस्थित पर्साको ठोरीमा सीतागुफानजिकै रहेको सीमास्तम्भ नै उखेलेर सिमा नै मिच्ने प्रयास गरेका थिए ।

    यद्यपी भारतीयले उखेलेर फालेको सिमास्तम्भ ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडिसकेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको अगुवाईमा ४३६ नम्बरको उखेलिएर फलिएको पिल्लर गाडिएको हो ।

    सीमा पिल्लर उखेलेर नजिकै फ्याँकिएसँगै भारतले सीता गुफा क्षेत्र अतिक्रमण गर्न खोजेको भन्दै हिजो (शनिबार)साँझपख डेढ घण्टासम्म ठोरी बजार क्षेत्र तनाबग्रस्त भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार