Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ठेकेदारलाई करोडौ ठगी गरेको आरोपमा पूर्व डीएसपी थपलिया पक्राउ

    ठेकेदारलाई करोडौ ठगी गरेको आरोपमा पूर्व डीएसपी थपलिया पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 3.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व डीएसपी गोविन्द थपलियालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ । ग्रिल व्यावसायी हरि श्रेष्ठलाई ठगी गरेको आरोपमा थपलियालाई प्रहरीले आइतबार दिउँसो ३ बजे पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई म्यानपावरबाटै पक्राउ गरिएको छ ।

    ठगी लगायतको अपराधमा संलग्न भएपनि शक्तिको आडमा थपलिया उन्मुक्ति पाउँदै आएको आरोप छ । थपलियाबाट पीडित भएका श्रेष्ठले विभिन्न निकायमा गुहार माग्दै आएका थिए । श्रेष्ठले सञ्चालन गरेको न्यू कालिका ग्रील तथा सोलार पिल्टर कन्स्ट्रक्सन प्रा.लि र थपलियाको स्वामित्व रहेको ग्रामिण कृषी फार्मबीच बुंगुरको खोर बनाउने विषयमा सहमति भएको थियो ।



    त्यस पछि थपलियाले विभिन्न बहानामा व्यावसायी श्रेष्ठबाट पटकपटक ठुलो रकम बुझेको बताइएको छ । पैसा माग्दा पीडित श्रेष्ठलाई थपलियाले आफू नेपाल प्रहरीको पूर्व डिएसपी हुँ भन्दै पदको धम्की दिने गरेको श्रेष्ठको आरोप छ । पीडित श्रेष्ठले काठमाडौं प्रहरी लगायत विभिन्न स्थानमा दिएको जाहेरी अनुसार उक्त निर्माण कार्यको नाँपजाँच गरि जम्मा रकम ९ करोड १३ लाख रपैयाँ उक्त कृषी फार्म स्थापनागर्दा खर्च भएको छ ।



    तर थपलियाले सम्झौता विपरित गएर जम्मा ३ करोड ६८ लाख मात्र भुक्तानी गरे । श्रेष्ठले बाँकी रहेको ५ करोड ४५ लाख माग्दा थपलियाले उल्टै ज्यान मार्ने धम्की दिन थालेको उनको आरोप छ । थपलिया विरुद्ध उनले काठमाडौं प्रहरी, सरकारी वकिल कार्यालय मात्रै होइन विभिन्न निकायमा उजुरी गरिसकेका थिए । तर, पक्राउपुर्जी भने आएको थिएन । ठगीको आरोप लागेका पूर्व डिएसपी थपलिया म्यानपावर व्यावसायी समेत हुन् । उनलाई आइतबार म्यानपावरबाटै प्रहरीले पक्राउ गरेको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार