Online Nepal
  • बुधबार, १० पुष २०८१
  • १०० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

    १०० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 657
    SHARES

    मकवानपुर । मकवानपुर प्रहरीले एक सय किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् ।

    हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट एक सय किलो ६०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो।



    त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो।



    उक्त गाडी पछाडि बोराभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    गाँजा फेला परेपछि प्रहरीले दर्जीलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार