Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने कार्यव्यवस्था समितिको निर्णय

    मिटरब्याज सम्बन्धी विधेयक पारित गर्ने कार्यव्यवस्था समितिको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 735
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित गर्ने बताएको छ ।

    प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको छ।



    मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो ।



    उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० मा पारित गरिसक्नुपर्नेमा संसद् अवरोधका कारण उक्त दिन संसदले काम गर्न सकेको थिएन ।

    प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

    त्यसअघि संशोधनहरूमाथि दफावार छलफल सदनमा हुनेछ । प्रतिनिधिसभाको बैठक आइतबार १ बजे बोलाइएको थियो । कार्यव्यवस्था समितिको बैठकका कारण प्रतिनिधिसभा सुरु हुन ढिलाइ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार