काठमाडौं । आगामी सेप्टेम्बर २८ देखि हुन लागेको १९ औं एसियाली खेलकुदका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ऋतुराज गायकवाडको कप्तानीमा टोलीको घोषणा गरेको हो । खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।
१६औँ एसियाली खेलकुददेखि क्रिकेटलाई औपचारिक रूपमा समावेश गरिएको छ ।
नेपालले पनि यस संस्करणमा पुरुष क्रिकेटमा सहभागिता जनाउँदैछ । केही दिनमा नेपाली टोलीको पनि घोषणा हुनेछ ।
भारतको टोली :
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिन्टन सुन्दर, शाहजाद अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह (विकेटकिपर)
Leave a Reply