काठमाडौं । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरूले आज (आईतवार ) काठमाडौंको माइतिघर-बिजुली बजार सडकमामा प्रदर्शन गरेका छन् ।
सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् ।
गत २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका पीडितहरुले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।
साथै आज बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
Leave a Reply