Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.4K
    SHARES

    पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ ।

    आइतबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी म्याग्दीका छन् । मालिका, मंगलामा २/२ जना र बेनी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    यसैगरी पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १/१ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।



    स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार