Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अन्ततः सुदूरपश्चिमको बजेट रातारात पारित : सांसदका गोजी गरम, प्रतिपक्ष नरम

    अन्ततः सुदूरपश्चिमको बजेट रातारात पारित : सांसदका गोजी गरम, प्रतिपक्ष नरम

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 1.2K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । शनिबार राति बसेको सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो अधिवेशनको २१औं बैठकबाट बजेट पारित भएको हो ।

    स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि तयार पारेको बजेट पारित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बजेट ल्याएको छ ।



    आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सभामा प्रस्तुत गरेको बजेटमा सत्तापक्ष दल काँग्रेस, नेकपा एस र माओवादी गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपा का १ जना साँँसद बजेटको विपक्षमा देखिए भने एक जना स्वतन्त्र सांसद र प्रतिपक्ष दल नेकपा एमाले सांसद सभामा अनुपस्थित देखिएका छन् । करिब बजेट सार्वजनिक भएको एक महिनापछि बजेट प्रदेशसभाबाट पास भएको हो ।



    सत्ता पक्षकै सांसदलेबजेटको विरोध गरेपछि बजेट पास हुन सकेको थिएन् । तर शनिबार सत्तारुढ दलहरुबीच निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमतिपछि बजेट बहुमतले पारित गरिएको छ । नेकपा एमाले र स्वतन्त्र प्रदेशसभा सदस्यले प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् ।

    यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेशसभाको बैठक बहिस्कार गरेको थियो । तर अन्ततः राप्रपाकी सांसद खेमादेवी विष्ट प्रदेशसभाको बैठक उपस्थित भइन् । प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि मुख्यमन्त्री कमलबहादुर शाह आफै गएर उनलाई सार्वजनिक लेखा समिति सभापति बनाउने आश्वासन दिएर बैठकमा उपस्थित गराइएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार