Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • समाजवादी मोर्चाको नेतृत्व चार-चार महिनामा परिवर्तन गर्ने निर्णय

    समाजवादी मोर्चाको नेतृत्व चार-चार महिनामा परिवर्तन गर्ने निर्णय

    मोर्चामा हरेक पार्टीबाट चार नेता रहने

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपाको समाजवादी मोर्चाले चार/चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ ।

    शनिबार दिउँसो ३ बजे बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि उसले ६-६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो ।



    मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो प्रणालीअनुसार हुनेछ ।



    त्यस्तै शनिबार बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने र साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय पनि गरेको गरेको छ ।

    यसैगरी मोर्चामा हरेक दलबाट चाररचार नेता रहने निर्णय पनि गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार