काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोली नेपाल आउने भएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा सीपीसीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको टोली साउन ७ गते नेपाल आउन लागेको हो ।
सीपीसीको केन्द्रीय कमिटी बैठकले पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान नेतृत्वको टोलीलाई नेपाल पठाउने निर्णय गरेको जनाइएको छ । युयानको टोली जुलाई १६ देखि २५ तारिखबीच नेपालसहित अन्य दुई देशको यात्रा गर्नेछ ।
नेपालमा रहँदा युयानको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने तय भएको छ ।
Leave a Reply