Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतीयको दादागिरी, ठोरीस्थित सीमा स्तम्भ उखेलेर फालियो

    भारतीयको दादागिरी, ठोरीस्थित सीमा स्तम्भ उखेलेर फालियो

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.4K
    SHARES

    चितवन । ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको  सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका छन्।



    भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद खडा गर्न खोजेका छन् ।



    सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दा भने आतंकित बनेका छन् ।

    भारतीय पक्षले  सीमा स्तम्भ विवाद खडा गरेर अहिलेको माहोललाई अन्त मोड्न खोजेको देखिन्छ  ।

    भगवान राम जन्मेको भनिएको अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने स्थानिय बासिन्दाको भनाइ छ ।

    यता,  प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो ।

    भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । उनीहरुले नै सीमा स्तम्भ उखेलेर फालेको स्थानिय बासिन्दा रामकुमार चौधरीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार