काठमाडौं । गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले पोसाकका विषयमा समाचार नबनाउन आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले निकै निराश हुँदै आफ्नो पोसाकका विषयमा समाचार नबनाउन आग्रह गरेकी हुन् ।
आफूले छोटा कपडा लगाएका तस्बिरसहित उनले सामाजिक सञ्जालमा आफूलाई मर्न मन लागेकोसम्म कुरा लेखेकी छन्।
‘कहिलेकाहीँ मलाई यस्तो महसुस हुन्छ कि म मर्न चाहन्छु। आत्महत्या होइन, खालि मर्न चाहन्छु। मलाई थाहा छैन किन यस्तो भावना आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु’, आग्रह गर्दै उनले लेखेकी छन्, ‘प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला। नवागन्तुक मसँग सहन सक्ने क्षमता छैन।’
Leave a Reply