Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • साउनबाट श्रमिकको न्यूनतम तलब बढाउन सिफारिस

    साउनबाट श्रमिकको न्यूनतम तलब बढाउन सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 786
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ ।



    सरकारले श्रमिकहरूको न्यूनतम ज्याला बढाउने नीति लिएपछि मन्त्रालयले सुझाव समिति गठन गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत श्रमिकको ज्याला बढाउने नीति लिएको घोषणा गरेपछि मन्त्रालयले सुझाव समिति बनाएको थियो ।



    सुझाव समितिमा मन्त्रालयका सहसचिव घिमिरेका अलावा संयुक्त ट्रेड युनियन महासंघका तीन जना, निजी क्षेत्रको प्रतिनिधित्व हुनेगरी उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका तीन जनाको सहभागिता रहेको थियो ।

    नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको समितिले मुद्रास्फीति दरको आधार बनाएर कम्तीमा पनि श्रमिकको ज्याला बढाउनुपर्ने सुझाव दिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार