Online Nepal
  • बुधबार, २ माघ २०८१
  • नक्कली नोटसहित लागूऔषध कारोबारी पक्राउ

    नक्कली नोटसहित लागूऔषध कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । प्रहरीले १५ लाख ४४ हजार चार सय बराबरको नक्कली नेपाली नोटसहित लागूऔषध कारोबारी लाइ पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् । उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो ।



    विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएकाे छ ।

    पाँच सय र पचास दरको १ लाख ८३ हजार ६ सय ५० बराबरको भारतीय नोट पनि प्रहरीले बरामद गरेकाे छ।

    लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बाराको महागढीमाई नगरपालिका–२, बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीकाे साथमा नक्कली नोट बरामद भएकाे हाे ।
    उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार